काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य उमेशप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका सप्तरी निवासी यादवले आज औपचारिक रूपमा जसपा नेपालको सदस्यता लिएका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूले उनलाई पार्टीमा स्वागत गर्दै राजनीतिक यात्रामा सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया