एजेन्सी । समाचार एजेन्सी एएफपीका अनुसार सोमबार राति भेनेजुएलाको राष्ट्रपति दरबार नजिकै गोली चलेको खबर आएको छ।

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा गोलीबारी भएको बताएका छन् भने सरकार निकट स्रोतले स्थिति नियन्त्रणमा रहेको बताएको छ।

advertisement

स्रोतका अनुसार राजधानी काराकासको मध्य भागमा रहेको मिराफ्लोरेस दरबारमाथि अज्ञात ड्रोनहरू उडिरहेको देखिएको थियो, त्यसपछि स्थानीय समय अनुसार राति ८ बजेतिर सुरक्षा बलले जवाफी फायरिङ गरेको थियो।

उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएको केही घण्टापछि यो खबर आएको हो।

भेनेजुएला राष्ट्रपति दरबार, आधिकारिक रूपमा मिराफ्लोरेस दरबारको रूपमा चिनिन्छ । यो राष्ट्रपतिको मुख्य कार्यालय हो र यो काराकसमा अवस्थित छ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com