काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मुल्य मंगलबार बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।यसअघि सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार













प्रतिक्रिया