काठमाडौं । भदौ २३–२४ का घटनाबारे जाँच गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपा नेता बालेन्द्र शाहले लिखित बयान पेश गरेका छन्।
आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार, आयोगले पठाएको प्रश्नावलीको जवाफका रूपमा शाहले लिखित बयान बुझाएका हुन्। शाहले ७ पुसमा राष्ट्रिय मानव अधिकार आयोगमा गएर बयान दिएका थिए।
भदौ २३ र २४ गतेका घटनामा छानबिन गर्दै आयोगले शाहलाई बोलाएको थियो। सो अवसरमा उनलाई करिब २ घन्टा सोधपुछ गरिएको थियो। सोधपुछमा उनले घटनाका क्रममा आफू कहाँ थिए, सामाजिक सञ्जालसँग सम्बन्धित गतिविधि, सिंहदरबार जलाउने घटनासम्मका विषयमा प्रश्न सोधिएका थिए। यसबाहेक, महानगरको सुरक्षा व्यवस्थापन र दमकल समयमा नपुग्नु जस्ता विषयमा समेत उनले स्पष्ट पार्न अनुरोध गरिएको थियो।
आयोगले शाहले के जवाफ दिएका हुन् भन्नेबारे सार्वजनिक नगर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया