काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधिमाथि मुर्दावादको नारा लागेको छ ।

पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका केहि विशेष पक्षधर कार्यकर्ताहरूले निधि लिंक रोडबाट प्रवेश गर्दा अवरोध पुर्‍याएका थिए। यस क्रममा निधि र कार्यकर्ताहरूबीच विवाद देखिएको थियो।

advertisement

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा दुई पक्षबीच तर्क–वितर्क भइरहेको देखिन्छ। भिडियोमा निधिले, ‘को हो त्यो मान्छे, ए को हो? को हो? कांग्रेसी होइन, कांग्रेसी होइन’ भनेको सुनिन्छ ।

त्यस्तै, कार्यकर्ताको तर्फबाट ‘तपाईं चैं हो?’ भन्ने आवाज सुनिन्छ। निधि कार्यालयतर्फ गएपछि कार्यकर्ताबाट ‘ओइ, आइजा’ र ‘तेरो घर…’ जस्ता शब्दहरू पनि सुनिएका थिए।

यसैबीच, विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार भने, उनीहरूको कुनै औपचारिक कार्यक्रम नभएको र विशेष पक्षधरले सानेपा घेराउ नगरेको बताए। ‘कसैले स्वस्फूर्त रूपमा गर्ने गतिविधि अलग विषय हो, तर विशेष महाधिवेशन पहल गर्ने पक्षको कुनै कार्यक्रम थिएन,’ उनले स्पष्ट पारे।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com