काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति आज पनि बैठक बस्ने भएको छ। बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको छ।बैठकमा पार्टीको महाधिवेशन सम्बन्धी विवादमा नेताहरूले आफ्नो धारणा राख्दै छन्। विशेष महाधिवेशनको तयारी गर्ने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति संस्थापन पक्षले आपत्ति जनाएको छ।
मंगलबारको बैठकमा महामन्त्री थापासहित सहमहामन्त्री फरमुल्लाह मन्सुर र जीवन परियारले पनि आफ्नो विचार राखेका थिए।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार












प्रतिक्रिया