काठमाडौं। नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । काँग्रेस कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुंगो लगाएको हो ।

काँग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला काँग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो ।

advertisement

एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिल बहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय काँग्रेसले गरेको छ ।

यसैगरी अन्य उम्मेदवारहरूमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट वासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन् ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com