काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको एकतालाई जोगाउने प्रतिबद्धता जनाएका छन् । उनले विशेष महाधिवेशन तयारी चल्दै गर्दा कसैले पार्टी फुटाउन लागेको भनेर हल्ला चलाएको भन्दै आक्रोश पोखेका हुन् । उनले कसैले पनि चाहेर कांग्रेस नफुट्ने दाबी गरेका हुन् ।

पार्टीका नेताहरु डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मासँगको संक्षिप्त कुराकानीमा थापाले पार्टी फुटाउन नदिने बताएका हुन् । उनले पार्टीमा असहजिलो अवस्था आए आफू विष पिउन तयार रहेको बताए । पार्टीको समयसापेक्ष बनाउनको लागि आफूले अभियान चलाएको थापाको भनाई थियो ।

advertisement

थापाले आजै बुद्धिजिवीहरुसँग पनि अन्तरक्रिया गरेका थिए । उनले उक्त अन्तरक्रियामा विशेष महाधिवेशनको आह्वान गरिसकेको भन्दै सहभागी हुन निम्तो दिएका छन्  ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com