काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसमेत गरी तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङले भोलिदेखि आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा सुरु हुने बताएका छन्।
प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “भोलिदेखि नै मेरो राजनीतिक जीवन सुरु हुन्छ, र यो प्रभावकारी रूपमा अगाडि बढ्छ।”
देशभित्र देखिएका समस्याको समाधानका लागि आफूले तीनै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै दिनरात काम गरेको उल्लेख गर्दै घिसिङले हिजोसम्म पनि मन्त्रालयको काममै राति ११–१२ बजेसम्म व्यस्त रहेको बताए।
उनले प्रधानमन्त्रीको आग्रहमा चुनौती स्वीकार्दै देशलाई निकास दिनुपर्ने उद्देश्यसहित मन्त्रिमण्डलमा प्रवेश गरेको पनि स्पष्ट पारे।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया