काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
बिहीबार बिहान लिङ्देन हात्तिगौंडास्थित लामिछानेको निवास पुगेका हुन् । भेटका क्रममा उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको औपचारिक निमन्त्रणा लामिछानेलाई दिएका छन्।
राप्रपाले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदैछ । उक्त अवसरमा पार्टीले विशेष औपचारिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
भेटवार्ताका क्रममा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा समेत छलफल भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
यसअघि अध्यक्ष लिङ्देनले बुधबार राति भक्तपुरको गुन्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरी पृथ्वी जयन्ती कार्यक्रमको निमन्त्रणा दिएका थिए।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया