एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई पक्ष बिचमा फोन वार्ता भए पछि ह्वाइट हाउसमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेटको व्यवस्था गरिएको घोषणा गरेका छन् ।

ट्रपले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै पेट्रोले आफुलाई दुई पक्षबिचको मतभेदको व्याख्या गर्न बोलाएको जनाउँदै निकट भविष्यमा उनलाई भेट्न आफु उत्सुक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले राज्य सचिव मार्को रुबियो र कोलम्बियाका विदेश मन्त्री बीच छलफलको लागि आवश्यक व्यवस्था भइरहेको उल्लेख गर्दै बैठक ह्वाइट हाउसमा हुने पुष्टि गरेका छन् ।

advertisement

यसैबिच, कोलम्बियाका मिडियाहरुले राष्ट्रपति पेट्रोलाई उद्धृत गर्दै उनले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग फोनमा कुरा गरेको र बोगोटा र वासिङ्टनबिच प्रत्यक्ष सञ्चार च्यानलहरू पुनः खोल्न आग्रह गरेको जनाएका छन् ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com