काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दो विवाद र विभाजनको जोखिमलाई मध्यनजर गर्दै सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी निकासको पहल गर्न आग्रह गरेका छन्।

आज बिहान कोइराला देउवा निवास, महाराजगञ्ज पुगेका थिए। भेटमा उनले पार्टी एकता प्राथमिकता हुनुपर्ने र नेताको पद–पदवीभन्दा पनि संगठनको एकता महत्वपूर्ण भएको स्पष्ट पारेका थिए। पार्टी स्रोतका अनुसार, कोइरालाले सभापतिलाई एकता कायम राख्न लचकता अपनाउन आग्रह गरेका थिए।

advertisement

यसबीच, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका छन्। तर, पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधानअनुसार हालसम्म कुनै विशेष महाधिवेशन घोषणा नभएको भन्दै नेता–कार्यकर्तालाई सहभागी नहुन अपिल गरेका छन्।

यसले कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्वका विविध धाराबीचको तनाव अझ स्पष्ट भएको देखाउँछ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com