काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बिरामी भएका कारण आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन सकेनन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बैठक तय गरिएको थियो।
उक्त बैठक विशेष महाधिवेशनको आह्वान र त्यसलाई लिएर उत्पन्न विवाद समाधानका लागि बोलाइएको थियो। कांग्रेसका एक पदाधिकारीका अनुसार, शर्मा र महामन्त्री गगन थापा दुवै बैठक स्थलमा उपस्थित भएका छैनन्।
बुधबार मात्रै पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरिएको थियो। २,४८८ महाधिवेशन प्रतिनिधिले महाधिवेशनको आह्वान गरेका थिए, तर पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अवैधानिक भन्दै प्रतिनिधिहरूलाई उपस्थित नहुन अनुरोध गरेको थियो।
कार्यसम्पादन समिति बैठक यही विवाद समाधान गर्ने प्रयासमा बोलाइएको थियो।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार













प्रतिक्रिया