काठमाडौं । नेपाली कांग्रेसको बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको छ। उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको हो।

तर, उक्त अपिलमा महामन्त्री गगन थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने असहमति राखेका छन्। महामन्त्री द्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान भएको थियो।

advertisement

विशेष महाधिवेशन आह्वान भएसँगै पार्टी फुट्ने जोखिम बढेपछि कांग्रेसभित्र तनावको स्थिति छ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com