काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानसम्मत रूपमा विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् । पार्टीकै साथीहरूले उक्त महाधिवेशन आयोजना गरेको भन्दै थापाले त्यसमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुपर्ने बताए ।

उनले त्यसका लागि आफूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई यो कुरा सभापतिसम्म पुर्‍याइदिन भनेको बताए ।

advertisement

“आज फेरि मैले यहाँ भनेको छु कार्यवाहक सभापतिमार्फत पार्टी सभापतिलाई पनि यो कुरा पुर्‍याइदिनुहोला । अहिले पनि हामी अपेक्षा गर्छौं पार्टी सभापति २७ गते त्यो पार्टीकै साथीहरूले गरेको आयोजना हो । विधानसम्मत आयोजना हो । त्यो अधिवेशनमा उहाँ सभागी हुनुपर्छ । त्यो अधिवेशनमा उहाँ सहभागी हुने कुराले उहाँको पनि मान बढाउँछ,थापाले बिहीबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com