काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा ढुक्क रहन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा र व्यवस्थापकीय प्रबन्ध मिलाइसकेको जानकारी गराउँदै एमाले अध्यक्ष ओलीलाई ढुक्क भएर निर्वाचनमा होमिन आग्रह गरेकी हुन्।

advertisement

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारले निर्वाचनको राम्रो प्रबन्ध मिलाएको छ, यसमा कुनै शङ्का नगर्नुस् र ढुक्क भएर निर्वाचनमा भाग लिनुस्।’

जवाफमा अध्यक्ष ओलीले निर्वाचनको समग्र वातावरण, तयारी र सुरक्षा अवस्थाबारे चासो राखेका थिए। उनले निर्वाचनको उपयुक्त र भयरहित वातावरण बनेको खण्डमा आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पारे।

भेटका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com