काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विशेष महाधिवेशन सुरु हुने दिन पुस २७ गतेको कार्यक्रममा सभापति देउवाको उपस्थितिका लागि निमन्त्रणा सन्देश सुनाइदिन कार्यवाहक सभापतिलाई आग्रह गरेका हुन्।

advertisement

उनले भने, “कार्यवाहक सभापतिले यो सन्देश सभापतिलाई पुर्‍याइदिनुहोस्—सभापति पुस २७ गते कार्यक्रममा सहभागी हुनुपर्छ। यसले उहाँको पनि मान बढाउँछ। यहाँ बसेर फिर्ता लिउ भन्नुभन्दा पनि यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिँदा विधानको मर्यादा अझ बढ्छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com