काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको छ। काठमाडौँको नयाँ वानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा आज भेला सुरु भएको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।

पार्टीको नियमित महाधिवेशन र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संस्थापन पक्षका केन्द्रीय सदस्यहरू छलफलका लागि भेला भएका हुन्।

advertisement

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन्। तर पार्टी केन्द्रीय कार्यालयले उक्त विशेष महाधिवेशन विधानविपरीत रहेको ठहर गर्दै केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गराई महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी नहुन निर्देशन दिएको छ।

यही सन्दर्भमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूबीच पछिल्लो राजनीतिक अवस्था, पार्टीको संस्थागत निर्णय र आगामी रणनीतिबारे छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com