दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुर मुद्दामा सुनुवाइ हुँदै

प्रतिवेदनको आधारमा सरकारी वकिलले दुर्गा प्रसाईँविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेका थिए।



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको छ। दुर्गा प्रसाईँसँगै उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको इजलासमा आज सुनुवाइ हुँदैछ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईँको कारोबारको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्राचार गरेको थियो। सीआईबीले अनुसन्धान पूरा गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

advertisement

उक्त प्रतिवेदनको आधारमा सरकारी वकिलले दुर्गा प्रसाईँविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेका थिए। यसअघि जिल्ला अदालतले न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दुर्गा प्रसाईँलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थिए।

पीडित राहत कोषमा क्षतिपूर्ति भुक्तानीसमेत गराउन अदालतले निर्देश दिएको थियो। दुर्गा प्रसाईँमाथि विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार (राउन्ड ट्रिपिङ), आपसी स्वार्थमा आधारित सहकार्य र अन्य शंकास्पद कारोबार गरेको आरोप लागेको छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com