एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरेर मुद्दा चलाउन अमेरिका लगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प झनै आक्रामक बनेका छन् । उनले एकपछि अर्को गर्दै देशहरूलाई चेतावनी दिइरहेका छन् ।

ट्रम्पको आक्रामक रवैयामाथि अन्तर्राष्ट्रिय कानुन किन नलागेको भन्ने प्रश्नहरू उठिरहँदा ट्रम्पले अन्तर्राष्ट्रिय कानुनको अस्तित्व नै अस्वीकार गरेका छन् । आफ्नो नैतिकताले मात्रै आफूले विश्वभर पूरा गर्न खोजेको आक्रामक नीतिमा अंकुश लगाउने बिहीबार न्यूयोर्क टाइम्सलाई ट्रम्ले भनेका छन् ।

advertisement

‘मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन । मैले मान्छेलाई हानी पुर्याउन खोजेको छैन,’ उनले भने । ‘उनले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु पर्छ कि पर्दैन ?’ भनेर सोधिएको प्रश्नमा ट्रम्पले ‘अन्तर्राष्ट्रिय कानुनको तिम्रो परिभाषा के हो भन्नेमा भर पर्छ’ भन्ने जवाफ दिएका थिए । आफ्नो विदेश नीतिका लक्ष्य हासिल गर्न ट्रम्पले अमेरिकी सेनाको क्रुरतम् बल प्रयोग गर्ने इच्छा देखाएका छन् । गएको शनिबार बिहानै अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेको थियो । राजधानी काराकसका कयौँ स्थान र भेनेजुएली सैन्य शिविरमा विस्फोटको आवाज सुनिएका थिए ।

काराकसमा रहेको भित्रै छिरेर मदुरोलाई अपहरणको शैलीमा पक्रिनुलाई आलोचकहरूले संयुक्त राष्ट्र संघको वडापत्रको सिधै उल्लङ्घन भनेका छन् । आक्रमण गर्ने बित्तिकै ट्रम्पले अमेरिकाले भेनेजुएला र त्यहाँको विशाल तेल चलाउने भनेका थिए । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डोल्सी रोद्रिगेजसँग सहकार्य गर्ने बताएपनि ट्रम्प प्रशासनले अन्तरिम सरकारसामु अनेकौँ सर्त तेर्साएको छ । यी सर्त नमानेमा अमेरिकाले भेनेजुएलामाथि अर्को सैन्य कारबाही गर्ने चेतावनी ट्रम्पले बारम्बार दिइरहेका छन् ।

 

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com