काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाटलाई अविस्मरणीय अनुभव भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेता दत्तसँगको भेटघाटसहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो अनुभूति व्यक्त गरेका हुन्। संयोजक दाहालले लेखेका छन्, ‘हिजो सञ्जय दत्तसँगको भेटघाट साँच्चिकै अविस्मरणीय रह्यो। ‘मुन्ना भाई MBBS’ मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु।’
उनले थपेका छन्, ‘उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र आनन्दमय हुनेछ।’
संयोजक दाहाल र अभिनेता दत्तबीच भेटघाट बिहीबार साँझ भएको थियो।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार












प्रतिक्रिया