काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय प्रवेशको क्रममा भएको अपमानजनक व्यवहारप्रति १७ भ्रातृ संगठनहरूले आपत्ति जनाएका छन्।

पौष २२ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाँदै गर्दा निधिमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै भ्रातृ संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिमा कुनै पनि तहका नेता वा कार्यकर्तामाथि यस्तो व्यवहार नगर्न आग्रह गरिएको छ।

advertisement

संयुक्त विज्ञप्तिमा नेपाल महिला संघकी अध्यक्ष उषा राउत, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनासहित १७ भ्रातृ संगठनले हस्ताक्षर गरेका छन्।

स्रोतका अनुसार, भ्रातृ संगठनहरूले पार्टी भित्रको सम्मान र शिष्टाचार कायम राख्न सबै नेता तथा कार्यकर्तालाई सचेत गराउन यो विज्ञप्ति जारी गरिएको हो।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com