काठमाडौं । जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ११ बजे छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा जिप दुर्घटनामा परेको हो।
छेडागाड नगरपालिका–९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा छेडागाड–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
जिप दुर्घटनामा चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ। उनीहरूलाई उपचारका लागि नगर अस्पताल पठाइएको छ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार












प्रतिक्रिया