काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीभित्र कुनै पनि नेता वा कार्यकर्ताले पार्टी विभाजनको पक्षमा नभएको बताएका छन्।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले भने, ‘फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन अगाडि पार्टीभित्र केही चुनौतीहरू देखिएका छन्। पार्टी विभाजित हुने कुरामा म विश्वास गर्दिनँ। कुनै पनि कांग्रेस नेता वा कार्यकर्ताले पनि पार्टी फुटोस् भन्ने चाहेका छैनन्। तर चुनाव अघि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्छ।’

advertisement

उनी थप्छन्, ‘प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती हो। यसलाई सामना गर्न सबै साथीहरूलाई एकै ठाउँमा उभिएर चुनावमा जान आवश्यक छ। यसक्रममा उग्र व्यवहारले राम्रो नतिजा दिन्न। त्यसैले सबैले संयमित भएर मध्यमार्ग अपनाउनु पर्छ।’नेता राणाले पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी र सहमतिपूर्ण बाटो अपनाउन आग्रह गर्दै विशेष महाधिवेशनलाई सफल बनाउन सबै तहका नेता तथा कार्यकर्ताहरूलाई सहयोग गर्न पनि अपिल गरेका छन्।

उनले भने, ‘विशेष महाधिवेशनलाई सुरक्षित र सफल बनाउनु हाम्रो साझा जिम्मेवारी हो। सबैले संयमित भएर सहयोग गर्नुहोस्।’

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com