काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संवाद र सहमतिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले देश राजनीतिक अस्थिरता र अराजकतामा फसिरहेको अवस्थामा नेपाली कांग्रेस पनि आन्तरिक विवादका कारण संकटग्रस्त बनेको बताएका छन्।

advertisement

उनले निषेध, नियन्त्रण, अस्वीकार वा बहिष्कारको बाटोभन्दा पनि विचार, भावना, विवेक र बुद्धिको उच्चतम प्रयोगमार्फत छलफल, संवाद, सहमति र स्वीकारको नीति अवलम्बन गर्न आग्रह गरेका छन्।

‘केवल विधि–विधानका धारामा अडिएर मात्र होइन, मन, मस्तिष्क र विवेकको समन्वयबाट संवाद र सहमतिमार्फत पार्टीलाई यो संकटबाट शीघ्र बाहिर निकाल्न शीर्ष नेतृत्वसहित सबै सरोकारवालालाई हार्दिक अनुरोध गर्दछु,’ विश्वकर्माले उल्लेख गरेका छन्।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com