काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्।
यसअघि माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘पोस्ट जेन–जी रिभोल्युसनपछिको विकासमा एनआरएनए युथको भूमिका’ विषयक कार्यक्रममा मन्त्री गुप्ताको सहभागिता हुने चर्चा चलेको थियो। तर समय तालिका नमिल्नुका साथै भिसा प्रक्रियासमेत अघि नबढाइएकाले उक्त भ्रमण नहुने भएको मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री सचिवालयका अनुसार भ्रमणका लागि आवश्यक प्रक्रिया नै सुरु नगरिएकाले यसलाई ‘भ्रमण रद्द’ भन्न नमिल्ने स्पष्ट पारेको छ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार












प्रतिक्रिया