काठमाडौं । हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ भने अन्य तराई क्षेत्रका केही स्थानहरूमा पनि हुस्सु देखिएको छ। आज दिउँसो तराईका अधिकांश स्थानहरूमा मध्याह्नसम्म हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ।
आजको मौसम पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ भने देशका पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया