काठमाडौँ । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ। उनको शुक्रबार साँझ काठमाडौँमै निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिएका छन्।
८४ वर्षीय दाहाल केही समयदेखि अस्वस्थ रहँदै आएका थिए। परिवारका अनुसार आज बिहान ७ बजेदेखि ९ बजेसम्म मैतीदेवीस्थित निजी निवासमा श्रद्धाञ्जली अर्पण गरिनेछ। त्यसपछि बिहान ९ः३० बजे पशुपति आर्यघाटमा श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिनेछ।
दाहालकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमा उपचाररत छिन्। उनका दुई छोरा डा. सुधाम्शु दाहाल र हिमाम्सु दाहाल छन्।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा वरिष्ठ पत्रकार दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया