काठमाडौं ।नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बैठक बोलाइएको जानकारी दिएका छन्। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा सुरु हुनेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेशका सभापतिहरूको सहभागिता अनिवार्य रहेको छ।
मुख्यसचिव पौडेलका अनुसार पूर्वमन्त्री होमनाथ दाहालको निधनको सन्दर्भमा शोक प्रस्ताव पारित गर्नका लागि यो आकस्मिक बैठक आह्वान गरिएको हो।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया