काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज (शनिबार) आयोजना गर्ने तय गरिएको पदयात्रा तथा अन्य कार्यक्रमहरू स्थगित गरिएको छ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको निधनप्रति सम्मान प्रकट गर्दै पदयात्रासहितका सबै कार्यक्रम स्थगित गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा आजका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिँदै आइतबार हुने विशेष महाधिवेशनको समुद्घाटन समारोह भने दाहालप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै प्रारम्भ गरिने उल्लेख गरिएको छ।
सचिवालयले स्वर्गीय दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। पूर्व केन्द्रीय सदस्य दाहालको शुक्रबार साँझ निधन भएको थियो।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया