काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङसहित केही शक्तिहरू लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्।
एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले ती समूहहरू देश बनाउने उद्देश्यले नभई विध्वंस गर्ने मनसायले एक ठाउँमा उभिएका बताएका छन्।
उनले भने, ‘यी शक्ति एक ठाउँमा उभिन खोजेका छन्। यो राम्रो उद्देश्यले होइन, फरक मनसायले देश बर्बाद पार्ने उद्देश्यले गरिएको छ। देश बनाउने लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिँदैछ।’
अध्यक्ष ओलीले ती समूहहरूसँग कुनै सार्वजनिक जवाफदेहिता नहुँदा लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा बनेको बताए।
साथै उनले जारी अवस्थामा कुनै अवतारी आएर समस्याको समाधान जादू वा चमत्कारले हुने भन्ने भ्रम फैलाइएको र त्यसबाट सावधान रहन जरुरी रहेको बताएका छन्।
प्रकाशित मिति: २६ पुस २०८२, शनिबार












प्रतिक्रिया