एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा भएको बस दुर्घटनामा कम्तिमा १२ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनाका बेला बसमा करिब ४५ जना यात्रु सवार थिए।

advertisement

सिरमौरका एसडीएम सुनील कुमार कैथले दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको जानकारी दिए। उनका अनुसार दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन भने घटनाबारे विस्तृत अनुसन्धान भईरहेको छ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com