जनकपुर । धनुषाको मिथिला नगरपालिकामा ऐलानी जग्गा विवादका क्रममा प्रहरीले १६ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

मिथिला नगरपालिका–२, नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लागेपछि स्थानीयबासी र आश्रमका सदस्यबीच झडप भएको थियो। विवाद बढ्दै गएपछि नेपाल प्रहरीले ५ राउन्ड र सशस्त्र प्रहरीले ११ राउन्ड अश्रुग्याँस प्रहार गरेको धनुषा प्रहरी प्रमुख एसपी रुगम कुँवरले जानकारी दिए।

advertisement

उनका अनुसार विवादित जग्गाको मापन कार्य आज भइरहेको थियो। विवाद उग्र बन्दै गएपछि प्रहरीले नियन्त्रणका लागि बल प्रयोग गरेको हो। हाल अवस्था सामान्य रहेको छ र दुवै पक्षबाट केही व्यक्तिहरू सामान्य घाइते भएका छन्।

विवादका कारण आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com