काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँगको भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ दिएका छन्।

केहीबेरदेखि जारी रास्वपाको आकस्मिक सचिवालय बैठक भर्चुअल माध्यमबाट भइरहेको थियो। बैठकको सुरुमै सभापतिले कुलमान घिसिङ पक्षले राखेका पछिल्ला मागहरूको विषयमा जानकारी दिएका थिए।

advertisement

स्रोतका अनुसार, सचिवालयले उज्यालो नेपाल पार्टीसँग भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। उक्त निर्णयमा वरिष्ठ नेता बालेन्द्र शाह पनि सहमत रहेको बताइएको छ।

रसभापति रवि लामिछानेले बैठकमा भनेका छन्, ‘हरेक दिन नयाँ–नयाँ प्रस्ताव लिएर आउँछ। बारम्बार नयाँ–नयाँ भाग मागेपछि हामी अघि बढ्न सकिरहेका छैनौं।’रास्वपा सँगको एकता प्रक्रिया भाँडिएपछि उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकलगत्तै कुलमान घिसिङसहित पार्टीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

कुलमान घिसिङ उपसभापतिको भूमिकामा चयन गरिएको थियो। तर पदाधिकारी र केन्द्रीय सदस्यको वितरणमा दुई पक्षबीच सहमति जुट्न सकेको थिएन।

समानुपातिक उम्मेदवारका विषयमा पूर्वसहमति अनुसार निर्णय लागू नभएको उज्यालो नेपाल पार्टीको गुनासो छ। रास्वपा स्रोतका अनुसार शक्ति वाँडफाँडको क्रममा कुलमानले पूर्वसहमति बाट पछि हटेका थिए, जसले विवादलाई थप जटिल बनाएको छ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com