सुर्खेत । नेकपा एमालेबाट दैलेख निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सिफारिस भएका नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

शनिबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर बस्नेतले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। दैलेखमा स्थापित नेता मानिने बस्नेत यसअघि पनि प्रतिनिधिसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए। सोही आधारमा एमाले दैलेखले उनलाई क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा पाँच जनामध्ये एकका रूपमा सिफारिस गरेको थियो।

advertisement

पछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले आफ्नो नाम फिर्ता लिए पनि बस्नेतसहित रविन्द्रराज शर्मा र लिला विसीको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको थियो। तर, बस्नेतको रास्वपा प्रवेशले एमालेका स्थानीय कार्यकर्ता र नेताहरूलाई अचम्मित बनाएको बताइएको छ।

एक नेताका अनुसार, एमालेबाट टिकट पाउने सम्भावना न्यून देखिएपछि बस्नेतले रास्वपा रोजेको बुझिएको छ। स्रोतका अनुसार उनी रास्वपाको तर्फबाट दैलेख–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने सम्भावना पनि रहेको छ।

यसैदिन रास्वपामा प्रवेश गर्ने अन्य नेताहरूमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य शमशेर खड्का, राष्ट्रिय युवा संघ सहकारी विभागका केन्द्रीय सदस्य प्रकाश ढुङ्गाना तथा नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्व कार्यकारी अधिकृत बखतबहादुर शाहीलगायत रहेका छन्।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com