काठमाडौं । प्रहरीले द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रु ३० लाख रकम मागेको अभियोगमा आज एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–४ घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय विवेक ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

advertisement

उनले भने, “ढकाललाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ समृद्धि कसुरमा आज काठमाडौँबाट पक्राउ गरिएको हो ।” उनका अनुसार निजमाथि कलेजको व्यवस्थापनसँग रु ३० लाख माग गरेको र नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोप लागेको छ ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com