काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको आह्वानमा हुन लागेको यस विशेष महाधिवेशनमा सहभागी हुन चाहनेहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि सुरु हुने संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन्।
उनका अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम दर्ताका लागि भृकुटीमण्डपको गेट नम्बर–१ अगाडि स्टलको व्यवस्था गरिएको छ। नाम दर्ताका लागि परिचय खुल्ने कागजात अनिवार्य रूपमा ल्याउनुपर्नेछ भने दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया