काठमाडौं । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।
कार्यक्रम स्थलमा राष्ट्रपति पौडेलको आगमनसँगै नेपाली सेनाको एक टुकडीले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्षलगायत विभिन्न संवैधानिक अंगका प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पुर्याएको ऐतिहासिक योगदानको स्मरण गरिन्छ। यस वर्ष पनि देशभर विविध कार्यक्रम आयोजना गरी यो दिवस श्रद्धा र सम्मानका साथ मनाइँदैछ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया