काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया