काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। रास्वपाले समानुपातिक सूची बुझाउँदा आचार्यलाई खस आर्य समुदायतर्फ पहिलो नम्बरमा सिफारिस गरेको थियो।

निर्वाचन आयोगले पुस २८ गतेलाई समानुपातिक सूचीबाट नाम फिर्ता लिनको लागि अन्तिम मिति तोकेको छ। आचार्यले सो दिन निवेदन पेश गरेपछि मात्रै उनको नाम औपचारिक रूपमा फिर्ता हुनेछ।

advertisement

आचार्यसँगै रास्वपाबाट समानुपातिक सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या हाल १६ पुगेको छ। यसअघि सचिन ढकाल, डा. अरनिको पाण्डे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक, रामजी राम, सुदेश गुरुङ र महेन्द्र लावतीले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरिसकेका थिए।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com