काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हालसम्म एक हजार ३२७ जनाले हस्ताक्षर गरेका छन्।
बिहान ८ बजेपछि सुरु भएको प्रतिनिधिहरू नाम दर्तामा हालसम्म एक हजार ३२७ जनाले गराएको कांग्रेसले जनाएको छ।
कांग्रेस विशेष महाधिवेशनको उद्घाटनका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउने प्रयास असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गर्ने भएका छन्।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार













प्रतिक्रिया