काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको बन्दसूची अद्यावधिक गराउन निर्वाचन आयोगमा निवेदन दिएको छ । आज (आइतबार) विहान निर्वाचन आयोगमा पुगेर रास्वपाले समानुपातिक बन्दसूची अद्यावधिक गराएको हो ।

तर, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनाइएका १४ जनाको सम्बन्धमा भने रास्वपामा समस्या आएको छ । उनीहरु स्वयंले उम्मेदवारी फिर्ता नलिएसम्म अर्को व्यक्तिको नाम राखेर अद्यावधिक गराउन नमिल्ने भएसँग रास्वपामा सकस देखिएको हो ।

advertisement

रास्वपाले सेलिब्रेटी, व्यापारी घरानालगायतलार्य समेत समानुपातिक उम्मेदवार बनाएको थियो । यसको चर्को आलोचना भएपछि १५ जनाले भने नाम फिर्ता लिइसकेका छन् । ती १५ जनाको हकमा भने अरु व्यक्तिलाई सिफारिस गर्नं सकिने बताइएको छ ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com