काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत हासिल गरी देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार गठन गर्ने बताएका छन्।
आइतबार जेनजी रेडफोर्सद्वारा आयोजित ‘जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै उनले पार्टीको प्रमुख लक्ष्य निर्वाचनमार्फत बहुमत प्राप्त गर्नु रहेको स्पष्ट पारे। बहुमत आएपछि वैज्ञानिक समाजवादतर्फ देशलाई अघि बढाउने सरकार निर्माण गरिने उनको भनाइ छ।
खनालले सम्पूर्ण नेपाली जनताको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्ने दाबी गर्दै पार्टीका उम्मेदवारलाई जिताउन देशभर संगठन सुदृढीकरण र तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार













प्रतिक्रिया