काठमाडौं । विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मै यथावत् रहने भएकी छन्। आइतबार रास्वपाले अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उनको नाम कायमै राखिएको छ। कलाकारसमेत रहेकी विश्वकर्मा दलित क्लस्टरतर्फ महिलाको प्रारम्भिक सूचीमा समावेश छिन्।

शनिबार रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टी अलग्गिएपछि रास्वपाले निर्वाचन आयोग पुगेर बन्दसूची अद्यावधिक गरेको थियो। सोही सूचीमा विश्वकर्माको नाम यथावत् राखिएको हो।

advertisement

‘राष्ट्रिय स्वतन्त्र पार्टीले अद्यावधिक गरेको बन्दसूचीमा रिमा विश्वकर्माको नाम यथावत् छ,’ पार्टी प्रवक्ता मनिष झाह बताए।

विश्वकर्मा यसअघि उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति सदस्य थिइन्। पार्टी अलग्गिएपछि उज्यालो पार्टीका एक नेताले उनलाई समानुपातिक सूचीमा समावेश गर्ने विषयमा सोधेका थिए। तर, विश्वकर्माले आफू समानुपातिक सूचीमा नबस्ने र प्रत्यक्षतर्फ उम्मेदवारी दिन सक्ने बताएकी थिइन्।

स्पष्ट जवाफ नआएपछि उज्यालो नेपाल पार्टीले विश्वकर्मालाई नसमेटी अन्य दलसँग मिलेर समानुपातिक सूची बुझाउने तयारी गरिरहेको छ।

‘अब हामी अर्को दलसँग मिलेर समानुपातिक सूची बुझाउँछौं,’ ती नेताले भने, ‘समानुपातिकमा एउटा चिह्नमा र प्रत्यक्षमा बलिरहेको बिजुलीको चिम चिह्नमा मत माग्नेछौं।’

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com