काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने छन्।

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले यही पुस १३ र १४ गते पेस गरेका बन्दसूचीका उम्मेदवारहरूले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको छ।

advertisement

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। यस सम्बन्धमा सबै सम्बन्धित उम्मेदवारलाई जानकारी गराइएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले बताए।

बन्दसूचीमा समावेश भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ अनुसारको ढाँचामा निवेदन दिनुपर्नेछ। कुनै कारणले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि निवेदन दिन सकिने आयोगले जनाएको छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com