काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेकर कोइरालाले विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डपमा आउन महामन्त्रीहरी गगन थापा र विश्वप्रकाश शर्माले बोलाएपछि सर्त राखेका छन्। उनले अहिलेकै अवस्थामा आफू भृकुटीमण्डप नजाने बताएका छन्।

उनले विशेष महाधिवेशनमा नेतृत्व परिवर्तन, नीति विधान संशोधन लगायत के कस्ता काम गर्ने योजना छ त्यो सबै लिखित रूपमा दिएपछि मात्र आफू महाधिवेशनमा जाने वा नजाने विषयमा सोच्ने बताएका छन्। उनले भने ‘म जानेवाला छैन। यसरी जानुहुँदैन। नेतृत्व चयनदेखि केके कुरा हो लिखित रुपमा मैले पाउनुपर्‍यो। बल्लमात्रै म आउँछु।’

advertisement

उनले आफूमात्रै गएर पनि केही नहुने भन्दै पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लैजाने वातावरण गगन-विश्वले बनाउनुपर्ने बताए। त्यस्तै उनले सभापति शेरबहादुर देउवा भने भृकुटीमण्डप जान नहुने आफ्नो राय रहेको बताए।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com