काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आज (सोमबार) विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले ‘बदलिएको देशः बदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

महामन्त्री शर्माले राजनीतिक प्रतिवेदनमा मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनलाई प्राथमिकता दिएका छन् ।

advertisement

महामन्त्री शर्माले कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) कोही पनि व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने प्रस्ताव र निर्वाचनमा गठबन्धन नगर्ने नीति अघि सारेका छन् ।

महामन्त्री शर्माले विधानमै युवा सहभागिताको ग्यारेन्टी गर्ने, अब बन्ने पार्टीका हरेक तहका कार्यसमितिमा ४० वर्ष मुनिका युवाहरूको ४० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुनुपर्नेलगायतका प्रस्ताव अगाडि सारेका छन् ।

महामन्त्री शर्माले बद्लिन सक्नेले मात्रै बदल्न सक्ने उल्लेख गर्दै बदलिएको समयअनुकूल कांग्रेसले आफुलाई बदल्नुपर्ने बताएका छन् । ‘हामी बदलिन सक्छौं, बदल्न सक्छौं, कांग्रेसलाई रिबिल्डिब र रिब्रान्डिब गर्नेछौं । सद्भाव, सुशासन र समुन्नतिको यात्रामा हामी सबैको साथ चाहन्छौं, हामी समस्त नेपालीको जय चाहन्छौं,’– महामन्त्री शर्माको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com