काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न नसक्ने बताएका छन्।

सोमबार विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव गर्दै उनले विशेष महाधिवेशनलाई आयोगले अवैध भन्नै नसक्ने बताएका हुन्।

advertisement

‘विशेष महाधिवेशनको आवश्यकता किन पर्‍यो भनेर व्याख्या गरेको छु। यो विशेष महाधिवेशन वैधानिक छ कि छैन यसको वैधानिक प्रावधान के छ। संविधानले के भन्छ। राजनीतिक दल सम्बन्धी प्रावधान भएको संविधान हाम्रो पनि हो। संविधान भन्दा माथि केही पनि छैन,’ उनले भने, ‘हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएको विधान हो। आज यो विषयबारे कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, निर्वाचन आयोगले एक, दुई, तीन हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दैसक्दैन। ढुक्क भएर बस्नुहाेस्।’

उनले विशेष महाधिवेशन कसरी वैधानिक हो भनेर आफ्नो प्रतिवेदनमा राखेको पनि बताए।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com