काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर नेतालाई एकतामा बोलाउन सभापति शेरबहादुर देउवाले निर्णय गरेका छन्।

कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखकलगायतका नेतासँगको बैठकपछि सोमबार एकतामा बोलाउने निर्णय भएको हो।

advertisement

एकतामा बोलाउनका लागि खड्का र  लेखकलाई खटाइएको छ। केहीले महामन्त्रीद्वयलाई कारबाहीका लागि प्रस्ताव गरेका थिए। तर, देउवाले उक्त कदम झनै अवस्था बिग्रने कारण बन्ने भएकाले एकतामा बोलाउन निर्देशन दिए।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com