काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले आगामी निर्वाचनअगाडि हुने कुनै पनि गठबन्धन नगर्ने उद्घोष गरेका छन्। काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन सोमबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा महामन्त्री थापाले निर्वाचनपूर्व गठबन्धनको संस्कृति अन्त्य गर्ने स्पष्ट संकेत दिएका हुन्।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टीका आदर्श र सिद्धान्तलाई बेवास्ता गर्दै केवल सत्ता र शक्तिको स्वार्थमा केन्द्रित हुने, चुनाव जित्नलाई अन्तिम विजय ठान्ने चरम सत्तालिप्सा र सिद्धान्तहीन प्रवृत्तिलाई हामी पूर्ण रूपमा अस्वीकार गर्दछौँ।’

advertisement

साथै प्रतिवेदनमा, २०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकमा पारित नीतिलाई स्मरण गर्दै भनिएको छ कि, ‘निर्वाचनपूर्व गठबन्धन संस्कृतिले पार्टीको आदर्श, लोकतान्त्रिक मूल्य र सङ्गठनलाई क्षति पुर्‍याउने भएकाले, नेपाली कांग्रेस भविष्यमा हुने आवधिक निर्वाचनहरूमा निर्वाचनपूर्व गठबन्धन गर्ने छैन। यसले पार्टीका सदस्य, शुभेच्छुक तथा आम जनतालाई विश्वास दिलाउँछ।’

यो घोषणापछि, कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेसँग चुनावी गठबन्धनको सम्भावनामा छलफल गरिरहेकै समयमा विशेष महाधिवेशनले निर्वाचनपूर्व गठबन्धन नगर्ने स्पष्ट संकल्प गरेको छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com